टी-२० विश्वकप छनोट: सामाओलाई नेपालले दियो २१२ रनको लक्ष्य

Thankot Times

थानकोट ।

दुई खेलाडीले अर्धसतक बनाएपछि नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटको छनोटमा अन्तिम खेलमा सामोआलाई दुई सय १२ रनको लक्ष्य दिएको छ ।

शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस हारेर सुरुमा ब्याटिङ गरेका हुन् । नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ११ रन बनाएको थियो ।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ६९ रन बनाएका थिए । उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका हुन् । तेस्रो नम्बरमा आएका दीपेन्द्र सिंह ऐरीले ३३ बलमा ५३ रन बनाएका हुन् । यो प्रतियोगितामा पहिलो पटक तेस्रो क्रममा आएका दीपेन्द्रले २ छक्का र ४ चौका हिर्काएका हुन् ।

यसबाहेक कुशल भुर्तेलले १७, कप्तान रोहितले २१ तथा लोकेश बम ३९ रन बनाएका थिए ।

प्रशिक्षक स्टुआर्ट लले अन्तिम खेलमा सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिँदै करण केसी, आरिफ शेख र ललित राजवंशीलाई मौका दिएका छन् ।

नेपाल लगातार खेल जित्नै विश्वकपमा छनोट भइसकेको छ । नेपाल सामोआलाई हराउँदै विश्वकप छनोटको एसिया तथा इष्ट एसिया प्यासिफिकको च्याम्पियन बन्ने योजनामा छ ।

यो प्रतियोगिताबाट नेपालसहित युएई र ओमान विश्वकपमा पुगिसकेका छन् ।

यो प्रतियोगिता भरीको दोस्रो उच्च लक्ष्य हो। यसअघि यूएईले २२५ रन बनाएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *