कस्तो रहला आज भाइटीकाकाे दिनको माैसम ?
थानकोट ।
देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ ।
हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
सबै प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा हुनेछ ।
कोसी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।












