सुनचाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार (कात्तिक १८) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ३ सय रुपैयाँ कायम छ ।

सोमबार (कात्तिक १७) छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ ।

यस दिन चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

हिजो सोमबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *