यस्तो छ आज बुधबार दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।












