तत्कालीन गृह मन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बुझाएको लिखित जवाफ (पूर्णपाठ)

Thankot Times

थानकोट ।

तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । सोमबार (पुस १४) सिंहदबारस्थित आयोगको कार्यालयमा पुगेर उनले लिखित जवाफ दिएका हुन् ।

“सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रस्ट रूपमा दुई तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहती (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, यसबारेमा सचेत रहनुहोला, सावधानी अपनाउनुहोला,” भदौ २३ को घटनबारे उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, “दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनुहोला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुनसक्छ । प्रदर्शनमा घुसपैठ पनि हुनसक्छ, सतर्कता अपनाउनुहोला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।”

लेखकलाई यही पुस ८ गते बयानका निम्ति आयोगले पत्राचार गरेको थियो ।

आयोगले उक्त समयमा पदमा बहाल सरोकारवाला सरकारी अधिकारीहरूसित यसअघि नै बयान लिइसकेको छ । बयान लिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखक मात्र बाँकी थिए ।

गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारले त्यसक्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न आयोग बनाएको हो । उक्त दुई दिनका घटनामा ७६ जनाको मृत्यु भएको थियो । धेरैजना अझै घाइते छन् ।

लेखकको जवाफको पूर्णपाठ पढ्नोस्–


Leave a Reply

Your email address will not be published. Required fields are marked *