सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा शुक्रबार (पुस २५) सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार (पुस २४) छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७ सय ८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला चार हजार ८ सय ३५ रुपैयाँमा कारोबार थियो ।















