सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले गिरावट

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको हो।

हिजो (बिहीबार) प्रति तोला सुन तीन लाख ३९ हजार ३ सय रुपैयाँ रहेकोमा आज (शुक्रबार) तीन लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मूल्य एकै दिन २० हजार ५ सय रुपैयाँ घटेको हो।

यसैगरी, हिजो प्रति तोला चाँदी सात हजार ५ सय ५ रुपैयाँ रहेकोमा आज सात हजार ६५ रुपैयाँ झरेको छ।

यसदिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ सय ४० रुपैयाँ घटेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ