नेकपा एमाले सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा (एमाले) सचिवालय बैठक आज (जेठ १०) पनि बस्दै छ । भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ः३० बजे बैठक सुरु हुने तय छ ।

बैठकका निम्ति विभिन्न ११ कार्यसूची तोकिएको छ । यसअन्तर्गत पार्टीको सांगठनिक कार्यविभाजन, विभिन्न कार्यदलहरूको गठन र वर्तमान राजनीतिक घटनाक्रमलगायत समसामयिक विषय छन् ।

बैठकमा पदाधिकारीले अघिल्ला छलफलका क्रममा उठाएका प्रश्न र जिज्ञासाको जवाफ अध्यक्ष ओलीले दिने कार्यतालिका छ ।

पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय लिन यो बैठक बोलाइएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ