नेपाली कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको तेस्रो बैठक जेठ १३ गते बस्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक जेठ १३ गतेका  लागि बोलाइएको छ ।

प्रतिष्ठानको दोस्रो बैठकमा तय गरिएको उपसमिति संयोजकहरूले अवधारणापत्र प्रस्तुत गर्ने मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

यस्तै उपसमिति संयोजकको जिम्मेवारी तय, प्रदेशस्तरीय कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने उनले बताए ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ