चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिमा तीन दलको प्रतिनिधित्व

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिले पूर्णता पाएको छ । उपमेयर बसन्ती श्रेष्ठको संयोजकत्वमा मंगलबार तीन सदस्यीय न्यायिक समिति निर्वाचनबाट चयन भएको हो । 
यसअघि मंगलबार दिउँसो चन्द्रागिरि नगरपालिकाको न्यायिक समिति सदस्यको दुई पदका लागि चार जना नगर सदस्यहरूले उम्मेदवारी दर्ता गराउनुभएको थियो । जसमा नेपाली काँग्रेसबाट सिता मण्डल सत्याल, नेकपा माओवादी केन्द्रबाट रत्न श्रेष्ठ तथा नेकपा एमालेबाट लक्ष्मी थापा सुवेदी र भेषनाथ उपाध्यायमध्ये सत्याल र श्रेष्ठ न्यायिक समिति सदस्यमा निर्वाचित हुनुभएको हो । श्रेष्ठ चन्द्रागिरि ८ तथा सत्याल चन्द्रागिरि ३ बाट निर्वाचित वडा सदस्य हुनुहुन्छ ।
निर्वाचित न्यायिक समिति सदस्यहरूलाई मंगलबार नै नगरप्रमुख घनश्याम गिरीले प्रमाण पत्र वितरण गर्नुभएको छ । नेपालको संविधानको धारा २१७ मा स्थानीय विवादको समाधान गर्न ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ ।

जसमध्ये उपप्रमुख संयोजक हुने र बाँकी २ जना नगरसभा सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *