चन्द्रागिरिको नगरप्रमुखमा घनश्याम गिरीको अग्रता, उपप्रमुखमा वसन्ती श्रेष्ठ मजबुत अवस्थामा

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरमा २ वटा वडाको मतगणना सकिएको छ । चन्द्रागिरि ३ मा १८०० मत गणनाको अभिलेख अद्यावधिक गरिएको छ । हाल सो वडाको गणना स्थगित छ ।

अहिले वडा नं. ४ र ५ को मतगणना जारी छ । पछिल्लो विवरण अनुसार  मेयरमा ३४४६ मत सहित नेपाली काँग्रेसका घनश्याम गिरी पहिलो नम्बरमा छन्  २५४० मत सहित नेकपा एमालेका उत्तम बहादुर राउत दोश्रो स्थानमा छन्। उपमेयरमा नेकपा एमालेकी वसन्ती श्रेष्ठको अग्रता फराकिलो हुँदै गएको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *