रमा आलेमगर बागमती प्रदेश मन्त्री नियुक्त, मन्त्रालय टुंगो लाग्न बाँकी

Thankot Times

थानकोट ।

काठमाडौं क्षेत्र नं. १० प्रदेश २ बाट प्रत्यक्ष निर्वाचित सांसद रमा आले मगर बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त हुनु भएको छ ।

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य आले मगरले मंगलबार बिहान ९ बजे मन्त्री पदको शपथ लिने तयारी छ ।

बागमती प्रदेश सरकारमा सांसद् आले मगरले सम्हाल्ने मन्त्रालय सात दिनभित्र टुंगो लाग्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *