चन्द्रागिरि ८ मा ३ मतको ‘थ्रिलिङ्ग विन’ को छायाँमा नगरकै ‘पपुलर भोट’
थानकोट ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भइरहेका छन् । ताजा परिणाम अनुसार चन्द्रागिरि नगरमा ९ वटा वडाको नेतृत्व छिनोफानो भइसक्दा नेपाली काँग्रेसले ६ वटा वडामा जित हात पारेको छ । त्यस्तै , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दुई तथा नेकपा एमालेले एक वडामा जित दर्ता गरेको छ।
मंगलबार साँझ चन्द्रागिरि ८ को मत परिणाम सार्वजनिक भएको छ । जहाँ नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले बाजी मार्दा रोमाञ्चक मतपरिणामहरू देखिएका छन् ।
माओवादी केन्द्र र नेपाली काँग्रेसले तालमेल गरि उम्मेदवार खडा गरेको यस वडाको वडाध्यक्ष र खुल्ला सदस्य पदमा (दुई चिन्ह) नेपाली काँग्रेसले रूख चिन्हमा मत मागेको थियो भने दलित महिला सदस्य, महिला सदस्य तथा खुल्ला सदस्य पदमा (एक चिन्ह) माओवादी केन्द्रले हँसिया हताैडा चिन्हमा मत मागेको थियो ।
चन्द्रागिरि नगरपालिका ८ मातातीर्थको वडाध्यक्ष पदको रूख चिन्हमा प्रल्हाद रिजालले १४५३ मत पाउँदा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सन्तोष खड्काले १००३ मत प्राप्त गरे ।
महिला सदस्य पदमा हँसिया हताैडा चुनाव चिन्हमा सवना कार्की बानियाँले ११५६ पाउँदा निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवारले ९४८ मत प्राप्त गरिन् ।
दलित महिला सदस्य पदमा हँसिया हताैडा चुनाव चिन्हमा स्वस्थानी सुर्खेतीले ११०४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवारले ९१२ मत प्राप्त गरिन् ।
खुल्ला सदस्य पदमा (एक चिन्ह) हँसिया हताैडा चुनाव चिन्हमा रत्नलाल श्रेष्ठले ८३० मत पाउँदा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ८२७ मत प्राप्त गरे । २९०० सय मत खसेको वडा नंं ८ मा श्रेष्ठले केही अन्तिम मतपत्र गणना भएपछि जित पाएका थिए । चन्द्रागिरि नगरमा हालसम्म भएको मतगणनामा यो नै सबैभन्दा कम अन्तरको जित हो ।
त्यस्तै, खुल्ला सदस्य पदमा (दुई चिन्ह) रूख चिन्हमा विजय श्रेष्ठले १५४६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ७२३ मत प्राप्त गरे । श्रेष्ठले पाएको मत उनकै पार्टीका वडाध्यक्षका विजयी उम्मेदवारले पाएको मत भन्दा ९३ मत बढी थियो भने निकटकम प्रतिद्वन्दीको भन्दा ८२३ बढी । उनले पाएको मत चन्द्रागिरि नगरमा हालसम्म गणना भएको सबैभन्दा बढी पपुलर मत हो ।
यस वडाको सम्पूर्ण मत गणना भइसक्दा नगरप्रमुख पदको रूख चिन्हमा १३७२ मत परेको थियो भने सूर्य चिन्हमा ११२३ मत परेको थियो ।













गुड न्युज