चन्द्रागिरि १-११ सम्मको मतगणना सम्पन्न, मेयरमा काँग्रेस २१०४ मतले अघि

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि १२, १३  र १४ को मतगणना जारी छ ।

पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरको मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै छ । नगरको कुल  २४५६७ मत गणना हुँदा नेपाली काँग्रेसले मेयर पदमा १११४६ मत पाउँदा नेकपा एमालले ९०४२ मत पाएको छ । उपमेयरमा नेकपा एमालेले  कुल १०१५१ मत सहित  एकल अग्रता कायम राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ