थानकोट बुदोकै-दो को ‘बेल्ट टेस्ट’, खेलाडीले पेटमाथि फुटाए ढुङ्गा !

Thankot Times

थानकोट ।

थानकोटस्थित थानकोट बुदोकै-दो शाखाले शाखाका खेलाडीहरूको बेल्ट टेस्ट कार्यक्रम आयोजना गरेको छ ।

शनिबार आयोजित बेल्ट टेस्ट कार्यक्रममा सो शाखाका ५० जना खेलाडीहरूको बेल्ट टेस्ट गरिएको थानकोट बुदोकै-दो शाखाले जानकारी दिएको छ ।

सो क्रममा थानकोट बुदोकै-दो शाखाका प्रशिक्षक तथा खेलाडीहरू वीरचन्द्र नकर्मी, रोजन गोपाली, मन्दिप गोपाली तथा लक्ष्मण श्रेष्ठले स्टीक (लठ्ठी) ब्रेकिङ, घैटो ब्रेकिङ,   टायल ब्रेकिङ तथा पेटमा ढुङ्गा ब्रेकिङको डेमोस्ट्रेशन देखाएका थिए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गी, थानकोट बुदोकै-दो शाखाका प्रमुख प्रशिक्षक रबिन्द्र गोपाली, शाखाका सल्लाहकार कविन्द्र गोपाली, प्रचण्ड गोपाली, विष्णुप्रसाद शाही, प्रशिक्षक राजेन्द्र शाही, नेपाल बुदो कैदोका कार्यवाहक अध्यक्ष वीरकृष्ण महर्जन, नेपाल सिन्दोकाइ कान कराँते संघका नवनिर्वाचित महासचिव जगत बहादुर धामी लगायतको उपस्थिति रहेको शाखा प्रमुख विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


One thought on “थानकोट बुदोकै-दो को ‘बेल्ट टेस्ट’, खेलाडीले पेटमाथि फुटाए ढुङ्गा !

Leave a Reply to Sarim Dudhraj Cancel reply

Your email address will not be published. Required fields are marked *