अब अनुमति लिएर मात्रै ड्रोन उडाउन पाइने, गृह मन्त्रालयको विज्ञप्ती हेर्नुहोस्
थानकोट ।
गृह मन्त्रालयले सम्बन्धित निकायबाट अनुमति नलिई ड्रोन (मानवरहित हवाई उपकरण) उडाउने व्यक्तिलाई कारबाही गर्ने भएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सूचना प्राप्त भएकाेले अनुमति नलिइ ड्रोन उडाउनेहरूमाथि कारबाही गर्ने बताएको हो ।
अति आवश्यक प्रयोजनको लागि ड्रोनको प्रयोग गर्नु परेमा दुई केजी तौल सम्मको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र उडाउन सकिने गृहले जनाएको छ ।
दुई केजी तौलभन्दा बढीको ड्रोन उडाउन परेमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति हेर्नुहोस्













