काठमाण्डाै १० मा राजेन्द्रकुमार केसी २ हजार मतले अघि, कीर्तिपुर क्षेत्रको मतगणना सकियो

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । काठमाण्डाै निर्वाचन क्षेत्र नंं १० को मतगणना कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा भइरहेको छ ।

कीर्तिपुर नगर क्षेत्रको मतगणना भइसक्दा नेपाली काँग्रेसले अग्रता फराकिलो बनाएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार रूख चिन्हमा ६०३६, घण्टी चिन्हमा ४१३१, सूर्य चिन्हमा ३६०२ तथा हँसिया हथाैडा चिन्हमा २२०४ मत परेको छ । त्यस्तै, हलोमा १७१८ मत, मादलमा १६९४ मत, लौरोमा २१६ मत तथा करुवामा १२८ मत परेको बताइएको छ ।

समानुपातिकतर्फ घण्टी चिन्हले अग्रता कायम राखेको छ ।

काठमाण्डाै क्षेत्र नं. १० को समानुपातिकमा घण्टी अगाडी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ