काठमाण्डाै क्षेत्र नं. १० मा घण्टी तेश्रो स्थानमा, उम्मेदवार विष्टले दिए मतदाताहरूलाई धन्यवाद

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं.१० मा नेपाली काँग्रेसले आफ्नो विरासत कायमै राखेको छ । सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्रकुमार केसीले यस क्षेत्रमा लगातार तेश्रो जित हात पार्दै अर्को ५ वर्ष यस क्षेत्रको प्रतिनिधि चुनिएका छन् ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डाै क्षेत्र नं. १० जबरजस्त उपस्थिति देखाएको छ । सो पार्टीबाट उम्मेदवार बनेका प्रदिप विष्टले तेश्रो स्थानमा चित्त बुझाएपनि उनले अन्य उम्मेदवारहरूलाई अन्तिम समयसम्म नै टक्कर दिए । विष्टले ८७३६ मत पाएका छन् । पहिलो भएको नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले १४४५८ मत पाउँदै विजयी हुँदा दोश्रो स्थानमा चित्त बुझाएका नेकपा एमालेका हिमेश केसीले ११७८६ मत पाए ।

यसैबीच उम्मेदवार विष्टले आफुलाई मतदान गर्ने सबैप्रति धन्यवाद् दिएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा विष्टले लेखेका छन्ः  

“लोकतन्त्रमा जितको मात्र हैन हारको पनि उत्तिकै महत्त्व हुने गर्छ किन कि लोकतान्त्रिक चुनावी प्रक्रियामा जित हार दुबैलाई स्वभाविक रुपमा लिइन्छ । छोटो समयमा गरिएको चुनावी तयारीका बाबजुद काठमाडौ क्षेत्र नं १० का जनताको अपार माया अनि साथले मलाई अझ जिम्मेवारीका साथ आगामि दिनमा यहाँहरुको सेवामा समर्पित हुँदै जाने हौसला प्रदान गरिदिनु भएकोमा सम्पुर्ण मतदाताहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”


One thought on “काठमाण्डाै क्षेत्र नं. १० मा घण्टी तेश्रो स्थानमा, उम्मेदवार विष्टले दिए मतदाताहरूलाई धन्यवाद

Leave a Reply to Navin Cancel reply

Your email address will not be published. Required fields are marked *