अभिनेता सलोन बस्नेतको विवाहको भिडियोको डिजिटल राइट्स १० लाखमा बिक्री
थानकोट ।
अभिनेता सलोन बस्नेत र करिश्मा केसीले विवाहको भिडियोको डिजिटल राइट्स बिक्री गरेका छन् । उनीहरुको बिहेको भिडियोको ३ वटा श्रृङ्खला ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ ।
उनीहरुको मेहेन्दी सेरेमोनी, बिहे र पार्टीको भिडियोलाई ओएसआरले सार्वजनिक गर्ने गरि डिजिटल राइट्स बिक्री गरिएको हो । साथै, सलोन र करिश्माले अभिनय गरेको ‘राजा रानी’ बोलको गीत पनि ओएसआरबाट नै सार्वजनिक भएको छ ।
श्रोतका अनुसार, १० लाख एमजीमा यी सबै सामाग्रीको अधिकार बेचिएको हो । साथै, १० लाख एमजीपछि सलोनले ७० प्रतिशत र ओएसआरले ३० प्रतिशत पाउने बताइएको छ।
अभिनेता बस्नेत र विमान परिचालिका केसीको मंसिर १२ गते विवाह भएको थियो ।














