कार्यसम्पादन सूचक मूल्याङ्कनः चन्द्रागिरि नगर काठमाडाैं जिल्लामै पहिलो, उपत्यकाको दोश्रो

Thankot Times

थानकोट ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा चन्द्रागिरि नगरपालिका काठमाडाैं जिल्लाको पहिलो स्थानमा पर्न सफल भएको छ ।

आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार चन्द्रागिरि नगरपालिका काठमाडाैं जिल्लामा पहिलो स्थानमा आएको हो । काठमाडाैं उपत्यकाका स्थानीय तहहरूमा चन्द्रागिरि नगरपालिका मध्यपुर थिमी नगरपालिकापछि रहेको छ । थिमीले पहिलो स्थान पाएको छ ।

कार्यसम्पादन सूचक मूल्याङ्कनको एक सय अङ्क भारमा चन्द्रागिरिले ६२. ६०७८ प्रतिशत प्राप्त गर्दै जिल्लामा पहिलो नम्बरमा रहेको हो । यस्तै जिल्लामा रहेका ११  वटा स्थानीय तहमध्ये ६२.३१३३ प्रतिशत अंक प्राप्त गर्दै कागेश्वरी मनोहरा दोश्रो स्थानमा रहन सफल भएको छ ।

काठमाडाैं उपत्यकाका स्थानीय तहहरू मध्ये कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहेको भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले ६३.३४२७ प्रतिशत अंक प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएका थिए । त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो आ.व.को बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरेर नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्या, खोप लगाएका बालबालिकाको सङ्ख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।

चन्द्रागिरि नगरले कुन सूचकमा कति पायो अंक हेर्नुहोस् (रातो अंकमा)

कुन स्थानीय तहले कति अंक पाए सूची हेर्नुहोस्


One thought on “कार्यसम्पादन सूचक मूल्याङ्कनः चन्द्रागिरि नगर काठमाडाैं जिल्लामै पहिलो, उपत्यकाको दोश्रो

  1. Congratulations ❤️❤️परन्तु चन्द्रागिरि नगरपालिका को कार्यसम्पादन १००मा ६२% मात्र सीमित हुनुका केही कारण र कारक छन फरक हेरेर अगाडी जान ८०% नघाउन सकिने केही आधारभूत तरीका र नीति अपनाई अगाडी जान सकिन्छ की?मलाई लाग्छ आन्तरिक र वाह्य संवोधन सम्वन्ध मिलेको भए प्रत्येक वडामा विगतका विकास लक्ष प्राप्त गर्न देखापरेका अवरोध र वर्तमान लक्षमा पुग्न सुधार विषयक सार्वजनिक सुनवाई र त्रैमासिक र अर्धवार्षिक खुला समि़क्षा गर्न सकेको भए सहजता मिल्थ्यो हैनर ! हरेक विकास क्षेत्रमा sectoral development offer from moduler concept note सार्वजनिक आव्हान गर्न सकिन्थ्यो की? यसको लागी पुनर्जागरण कार्यक्रम चलाउन प्राधिकार रहेको समिति वनाउन नगरपालिका सक्रिय वनोस /

Leave a Reply to किरण प्र सिग्देल Cancel reply

Your email address will not be published. Required fields are marked *