राष्ट्रपतिको उम्मेदवारी दर्ताअघि नेपाली कांग्रेसको बैठक बस्दै

Thankot Times

थानकोट । 

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा अघि नेपाली कांग्रेस पार्टीले बैठक बोलाएको छ ।

पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

शनिबार बिहान ८ः३० बजेका लागि बोलाइएको उक्त बैठकले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय अरू सात दलले शुक्रबार साँझ नै गरिसकेका छन्। वर्तमान सत्ता गठबन्धनको नेतृत्वको गरिरहेको नेकपा (माओवादी केन्द्र), सरकारमा रहेको जनमत पार्टीसहित सरकारलाई विश्वासको मत दिएका जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चाले पनि कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन्।

राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ