थानकोट-भक्तपुर मेट्रो रेलका लागि बजेट व्यवस्था गर्न एमाले सांसद भट्टचनको माग (भिडियो सहित)
थानकोट ।
नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले ललितपुरको गोदावरीदेखि काठमाडौंको बुढानीलकण्ठ तथा काठमाडौंको थानकोटदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् ।
सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि बुधवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद भट्टचनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा मेट्रो रेलका लागि रकम छुट्ट्याउन माग गरेका हुन् ।
नेपालका एक प्रतिष्ठित व्यवसायी समेत रहेका भट्टचनले थानकोट-चित्लाङ सुरुङमार्गको काम अगाडि बढाएमा काठमाडौं उपत्यकाको जनसंख्याको चाप कम हुने सुझाव समेत दिए ।
सांसद भट्टचनले सरकारले अगाडि सारेको नयाँ अवधारणालाई हावादारी भन्न नमिल्ने बताए ।
उनले नेपाली झण्डा अंकित पानीजहाज सञ्चालनका लागि आवश्यक कानूनी बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराए ।
कलकत्ता बन्दरगाहमा आउन सक्ने पानीजहाज सञ्चालनमा ल्याउन सकेमा मलेसिया र सिंगापुरबाट हुने ढुवानीका लागि २ अर्ब विदेशी मुद्रा बचत हुने उनको भनाइ छ ।













हाल भैरहेको बाटोलाई मेट्रोरेल प्रयोजनको लागि काममा ल्याए चाहिँ ठिक होला । खेतीयोग्य जग्गाजमिन सिध्याएर वा बस्ति नै विस्थापन गरि जनतालाई दुखि बनाएर वा वन जंगल म्हासेर रेल गुडाउनु विकास हैन विनास हो । रेल चलाएका मुलुकहरूमा रेलबाट निकै मानिसहरू मारिएका घटनाहरू सुनिन्छन् ।