आज काजी कालु पाँडेको २६६औं स्मृति दिवस, इन्द्रस्थानमा आउँदै प्रधानसेनापति शर्मा
थानकोट ।
गोरखाली क्षत्रिय भारदार काजी कालु पाँडेको २६६औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
पाँडेको स्मृति दिवसका अवसरमा आज चन्द्रागिरि नगरपालिका १ दहचोक इन्द्रस्थानस्थित काजी पाँडेको समाधिस्थलमा एक कार्यक्रम आयोजनाको तयारी भइरहेको छ। जहाँ प्रधानसेनापति प्रभुराम शर्मा उपस्थिति हुने चन्द्रागिरि नगरपालिका १ दहचोकका वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिनुभयो ।
सो समाधिस्थलमा प्रधानसेनापतिले पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको बताइएको छ।
नेपाल एकीकरणका क्रममा राजा पृथ्वी नारायण शाहका प्रमुख सहयोगीका रूपमा कर्तव्य पालना गर्ने शिलसिलामा पाँडेको वि.सं. १८१४ जेठ १९ कीर्तिपुरको लडाँइमा ज्यान गएको थियो ।
काजी पाँडेको मृत्युपूर्वको इच्छा बमोजीम टाउको गोरखा र कीर्तिपुर देखिने गरी दहचोकस्थित इन्द्रस्थानमा गाडिएको किंवदन्ती रहँदै आएको छ ।













के यो देश गोर्खा ले जितेको अनि बाकि सबै हारेका नै हुन त? नभए किन यसरी गणतन्त्र नेपालमा आज आएर यिनको दिवस राष्ट्रिय सेनाले मनाउने ? के हारेका हामी किर्तिपुर का जनता चाँही देशका नागरिक होइनन् ? तात्कालिन समयमा आफ्नो भुमि रक्षाका निम्ति लड्ने वीर किर्तिपुरका योद्धाहरूको स्मृति र सम्मानमा पनि राज्यको कर्तव्यबोध हुनु जरुरी छ।