फिलिपिन्समा शक्तिशाली भूकम्प, मैत्रीपूर्ण फुटबल खेल्न पुगेको नेपाली टोलीको अवस्था के छ !
थानकोट ।
फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। समाचार संस्था रोयटर्सका अनुसार ६.३ म्याग्निट्युडको भूकम्प गएको हो।
भूकम्पकको कारण कुनै ठूलो क्षति भएको विवरण नआएको रोयटर्सले जनाएको छ। यद्यपि, रेल्वे सेवामा भने केही क्षति पुगेको छ।
‘रेल र विमानस्थल सञ्चालनमा स्थगित गरिएको छ। हालसम्म भूकम्पको ठूलो प्रभावको कुनै रिपोर्ट आएको छैन र हामी आशा गर्दछौं कि यो यस्तै रहिरहन्छ,’ नागरिक रक्षा प्रवक्ता, सहायक सचिव बर्नार्डो राफेलिटो अलेजान्ड्रोले भनेका छन्।
यसैबीच मैत्रीपूर्ण फुटबल खेल खेल्न फिलिपिन्स पुगेको नेपाली फुटबल टोली पनि सुरक्षित रहेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपाली टोली मनिलामा रहेको छ। त्यहाँ भूकम्पको परकम्प महसुस भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन्।
मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र घरेलु टोली फिलिपिन्स भिड्दै
‘टिमलाई त्यस्तो केही समस्या छैन्। खेल समयमै हुने कुरा छ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने।













