थानकोटस्थित आदिनारायण भजन मण्डलमा नयाँ नेतृत्व
थानकोट ।
थानकोटस्थित आदिनारायण भजन मण्डलमा नयाँ नेतृत्व चयन भएको छ ।
बिहीबार बसेको सो भजन मण्डलको बैठकबाट धन बहादुर गोपालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको बताइएको छ ।
सो संस्थाको उपाध्यक्ष कल्पना श्रेष्ठ, सचिवमा इन्द्र बहादुर श्रेष्ठ चयन हुँदा सदस्यहरूमा क्रमश महेश्वरी श्रेष्ठ, वैजयन्ती श्रेष्ठ, शिव श्रेष्ठ, राम बहादुर मगर, बखत बहादुर श्रेष्ठ, सानु बाबु गोपाली, द्वारिका श्रेष्ठ र राम भक्त श्रेष्ठ चयन भएको आदिनारायण भजन मण्डलले जनाएको छ ।
आदिनारायण भजन मण्डलले विगत २५ वर्षदेखी थानकोटमा नियमित रूपमा भजन गाउँदै आएको छ ।

तस्बिरः प्रकाश गोपाली













हाम्रो बुबा सुर्यलाल श्रेष्ठले पनि एकताका केही वर्ष आदिनारायण भजनमण्डलमा सक्रियताको भूमिका उजागर गर्नुभाको थियो ।