करिब पाैने ३ करोड लागत रहेको बलम्बु प्राविधिक शिक्षालय निर्माणका लागि टेण्डर आह्वान
थानकोट ।
करिब २ करोड ६३ लाख रूपैयाँ लागत रहेको बलम्बु प्राविधिक शिक्षालय निर्माणका लागि सार्वजनिक टेण्डर आह्वान भएको छ ।
सोमबार राष्ट्रिय दैनिकमा बलम्बु माध्यमिक विद्यालयले एक सूचना जारी गर्दै टेण्डर आह्वान गरेको हो ।
सो टेण्डर ढिलोमा असोज ९ गतेसम्म आवेदन पेश गर्ने कार्यका लागि सक्रिय रहने बताइएको छ ।

कोरियाली संस्था वर्ल्ड ड्रिम, कोरियाली गैरसरकारी संस्थाको नेपाल साझेदार विकासका लागि एैक्यबद्धता नेपाल (सोड नेपाल) तथा चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित बलम्बु मावि हातामा सुविधा सम्पन्न भवन बन्न लागेको हो ।
१२ महिनाभित्र निर्माण गरिसक्ने अनुमान गरिएको सो भवन तीन तल्लाको हुनेछ । जहाँ पढ्दै कमाउँदै अभियान अन्तर्गत ४ वटा प्राविधिक क्षेत्र (मोबाइल मर्मत, इलेक्ट्रिसियन, ब्युटी पार्लर र अटोमोबाइल) का विषय अध्यापन गराइनेछ ।
सो भवनको भ दौ ६ गते चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले शिलान्यास गर्नुभएको थियो ।
काठमाडाैंको शीर्ष ५ सामुदायिक विद्यालयमा सूचिकृत बलम्बु माविमा १ वर्षभित्र प्राविधिक शिक्षालय बन्ने
चन्द्रागिरि नगरपालिकाले बलम्बु माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षालय बनाउने
बलम्बु माविको अत्याधुनिक प्रविधिमैत्री भवन निर्माणका लागि कोरियामा समझदारी पत्रमा हस्ताक्षर













