शुक्रबार साँझका लागि २ सय रूपैयाँ रहेको चन्द्रागिरि केबलकारको दुईतर्फी टिकट मूल्य अब ४ सय रूपैयाँ

Thankot Times

थानकोट ।

गत महाशिवरात्रीका दिन साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्मका लागि केबलकारको टिकटको मूल्य २ सय रूपैयाँ तोक्दा उत्साहजनक रूपमा ‘भिजिटर’ बढेपछि चन्द्रागिरि हिल्सले २०७९ फागुन १२ गतेबाट ल्याएको फ्राइडे अफरको टिकट दरमा परिमार्जन गरिएको छ।

हिल्सले जारी गरेको सूचना अनुसार हिजो शुक्रबारबाट लागु हुने गरी अब हरेक शुक्रबार साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्म केबलकारको टिकटको मूल्य ४ सय रूपैयाँ तोकिएको छ । यसअघि सो मूलय २ सय रूपैयाँ थियो ।

यो सुविधा नेपाली नागरिकहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

हाल केबलकारको दुई तर्फी टिकटको मूल्य नेपाली नागरिकहरूका लागि ७ सय ९९ रूपैयाँ तोकिएको छ ।


One thought on “शुक्रबार साँझका लागि २ सय रूपैयाँ रहेको चन्द्रागिरि केबलकारको दुईतर्फी टिकट मूल्य अब ४ सय रूपैयाँ

  1. चन्द्रागिरी नगरपालिकाका आम जनताहरुलाई त २००/- भएको भए हुन्थ्यो नि!

Leave a Reply to Khum Bdr Pradhab Cancel reply

Your email address will not be published. Required fields are marked *