चन्द्रागिरि नगर प्रहरीको नतिजा प्रकाशित, कार्तिक १४ गते नियुक्ति, इन्स्पेक्टरका सबै उम्मेदवार फेल
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीको परीक्षाफल प्रकाशित गरेको छ ।
नगर प्रहरी करारमा भर्नाका लागि गत असार ५ गते सूचना प्रकाशित गरि दरखास्त आह्वान गरेको नगरपालिकाले विभिन्न परीक्षा तथा अन्तर्वातामा उत्तीर्ण भएका उम्मेदवारहरू मध्ये सफल उम्मेदवारहरू तथा वैकल्पिक उम्मेदवारहरूको मंगलबार साँझ नाम प्रकाशित गरेको हो ।
उत्तीर्ण उम्मेदावरहरूले कार्तिक १४ गते नियुक्ति पाउने बताइएको छ।
नगरपालिकाले छैटौं तहका लागि नगर प्रहरी निरीक्षक १ जना, नगर सहायक प्रहरी निरीक्षक चौथो तहमा एक जना र जवान पदमा ८ जना महिला सहित २३ जना नगर प्रहरीका लागि कुल २५ पदका लागि २९९ जनाले आवेदन पेश गरेका थिए ।
यद्यपी नगर प्रहरी निरीक्षक पदका लागि दरखास्त पेश गरी परीक्षामा सहभागी भएका सबै उम्मेदवार उनुतीर्ण भएका छन् ।
हेराैं चन्द्रागिरि नगर प्रहरी सेवाका लागि सिफारिस भएका उम्मेदवारहरूको नामः















उमेरको हद नराखेको भए हामी प्रहरी निरीक्षक को लागि उम्मेदवार हुने थियौ ।