फाल्गुन २ गते ‘हाइक वीद भ्यालेन्टाइन’ आयोजना गर्दै चन्द्रागिरि हाइकर्स कम्युनिटि

Thankot Times

थानकोट ।

यहि फाल्गुन २ गते अर्थात फेब्रुअरी १४ का दिन चन्द्रागिरि हाइकर्स कम्युनिटिले ‘हाइक वीद भ्यालेन्टाइन’ आयोजना गर्ने भएको छ ।

प्रणय दिवसको अवसर पारेर सो कम्युनिटिले चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित घट्टेडाँडाबाट इन्द्रस्थानसम्म पद यात्रा कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रेमिल जोडीबीचको प्रेम, सद्भाव, आत्मीयता, तथा गाह्रो र अप्ठ्यारोमा साथ दिने भावनाको जागृत एवं उजागरका लागि सो पैदल यात्रा आयोजना हुन लागेको हो ।

बिहान ८ बजे सुरु हुने भनिएको सो पदयात्रामा सहभागीहरूका लागि इन्द्रस्थानस्थित इन्द्रस्थान हिमालय रिसोर्टमा दिवा खानाको व्यवस्था हुने बताइएको छ । ‘हाइक वीद भ्यालेन्टाइन’मा सहभागिताका लागि प्रति जोडी ३ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने आयोजकको भनाइ छ ।

सिएचसीले सो पैदल यात्रा कार्यक्रममा करिब एक सय प्रेमिल जोडीको सहभागिता रहने अपेक्षा गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *