चन्द्रागिरि नगरमा तेस्रो प्रयासमा छाला हड्डी तथा जीवजन्तु कर संकलन ठेक्का लाग्यो
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले २०८० साल मंसिर १२ गते छाला हड्डी तथा जीवजन्तु कर ठेक्का आह्वान गर्यो ।
एक महिना म्याद दिएर आह्वान भएको सार्वजनिक ठेक्काको न्यूनतम कबोल अंक ४५ लाख पैंतालिस हजार रुपैयाँ थियो । प्रथम पटक प्रकाशित सूचनाको हदम्याद सकियो तर ठेक्का स्वीकृत भएन् ।
नगरले पाैष २६ गते पुनः छाला हड्डी तथा जीवजन्तु कर संकलनका लागि ठेक्का आह्वान गर्यो तर सो सूचनापनि फलदायी भएन् ।
नगरले माघ २६ गते तेस्रो पटक सूचना जारी गर्दै छाला हड्डी तथा जीवजन्तु कर संकलनका लागि ठेक्का आह्वान गर्यो ।
नगरको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, २०७८ बमोजिम आह्वान भएको सो ठेक्का यसपटक भने स्वीकृत भएको छ ।
५० लाख ५ हजार रुपैयाँमा सिग्देल सप्लायर्सले पेश गरेको बोलपत्र स्वीकृत गरिएको प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।
चन्द्रागिरि नगरले चालु आर्थिक वर्षका लागि नगरको आर्थिक ऐन २०८० को दफा ६ को अनुसूची ५ को अनुसुची ६.१ को अधिनमा रही छाला हड्डी तथा जीवजन्तु कर संकलनका लागि सो ठेक्का लगाएको हो ।

चन्द्रागिरि नगरमा विज्ञापन कर संकलनका लागि तेस्रोपटक बोलपत्र आह्वान
चन्द्रागिरि नगरले विज्ञापन कर संकलनका लागि खुलायो ठेक्का, न्यूनतम कबोल रकम ७० लाख रूपैयाँ













