हिलोले थानकोट-चित्लाङ सडकमा सवारीसाधनको बिजोग, यात्रु भन्छन् ‘धकाल्ने कि ओत लगाउने !’
थानकोट ।
आइतबार दिउँसो र राति परेको वर्षाका कारण थानकोट-चन्द्रागिरि-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) हिलाम्मे हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।
केही दिनदेखी सो सडकमा ‘लेभल’ मिलाउन भन्दै थप माटो हालिएकोमा हिजो परेको पानीले सडक हिलाम्मे भएको हो ।
साँघुरो र भिरालो सडकमा माटो हालेपछि बिजोग भएको छ एक यात्रुले भने ।
चन्द्रागिरि भन्ज्याङ पुग्नै लाग्दाको पहिलो मोडमा सो समस्या देखिएको छ । सवारी साधन चिप्लिएर पछाडी हुत्तिन थालेपछि यात्रुहरूले धकाल्दै हिलो बाटो कटाउन कोशिश गरेको देख्न सकिन्छ ।
पछिल्लो हेटाैंडा-काठमाडाैं जोड्ने अन्य सडकहरू मर्मत एवं स्तरोन्नतिका लागि बन्द गरिँदा थानकोट-चित्लाङ सडकमा साना तथा मझाैला सवारीसाधनहरूको संख्या बढिरहेको छ ।
सडक चिप्लो हुँदा आइतबार चन्द्रागिरि भञ्ज्याङ नजिकै नियन्त्रण गुमाउँदा पानी बोक्ने ट्य्राक्टर दुर्घटनामा हुँदा चालक सामान्य घाइते भएका थिए भने ट्य्राक्टर सडकबाट करिब ८ सय मिटर तल भीरमा खसेको थियो ।
थानकोट-चित्लाङ सडकमा पानी बोक्ने ट्याक्टर दुर्घटना, उद्दार कार्य जारी














