थानकोट-चित्लाङ सडकअन्तर्गत सेतो पहरा क्षेत्रका भित्ता भरि ऐना….

Thankot Times

थानकोट ।

थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) अन्तर्गत चन्द्रागिरि नगरपालिका-४ थानकोट पानीघाटस्थित सेतो पहरा क्षेत्रको भित्तामा ऐना झुण्ड्याउन थालिएको छ।

सडक खन्नुपूर्व क्षमा पूजा नगरिएकोले सेतो पहरा क्षेत्रमा अप्रिय घटना घटिरहेको भन्दै विश्वभक्त बाबा नाम गरेका एकजना साधकले केहि समयअघि सो क्षेत्रमा सेतीदेवीको मन्दिर बनाई ऐना चढाउनुपर्ने बताए थिए । सोही भनाइलाई आधार मान्दै सो क्षेत्रका भित्तामा सवारी साधन चालकहरू तथा यात्रुहरुले ऐना झुण्ड्याउन थालेका हुन् ।

कुनै क्षेत्रमा दोष देखिएमा व्यक्तिको ध्यान वीकेन्द्रित हुने भएकोले ऐनाको प्रकाशले ध्यान केन्द्रीत गर्न सहायता समेत पुग्ने भएकोले त्यस्ता स्थानमा  ऐना राखि दोष कम गर्ने चलन अन्यत्र पनि रहेको उनले बताए ।

थानकोट टाइम्ससँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफुले ध्यान गर्दा सेतो पहरा क्षेत्रमा अलाैकिक शक्तिले मन्दिर बनाउन सुझाएको बताउँदै उक्त स्थानमा सानो मन्दिर स्थापना गर्न आफु लागिपरेको बताएका थिए । जसअनुरुप सोमबार सेतो पहरा क्षेत्रमा सेतिदेवीको मन्दिर समेत स्थापना गरिएको छ । स्थानीय समाजसेवी हरि महतले सो सेतो पहरास्थित सडक किनारमा सेतीदेवीको मन्दिर स्थापना गरि प्राणप्रतिष्ठा गराएका छन् ।

बीपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका-५ रिट्ठेभिरको भित्तापनि सेती देवीको नाउँमा हजाराैं ऐना टाँसिएका छन् । उक्त क्षेत्रमा दुर्घटना बढेपछि साधकहरूको भनाइमा सो क्षेत्रमा सेतीदेवीको स्थान रहेको र ऐना चढाए देवीले शक्ति प्रदान गरि दुर्घटना टर्ने विश्वास स्थानीयसहित यात्रुले गर्दै आएका छन् । हाल १० हजारभन्दा बढी ऐना बिपी राजमार्गको भित्ताभरि छन्।

तस्बिरः यादवजंग रायमाझी


One thought on “थानकोट-चित्लाङ सडकअन्तर्गत सेतो पहरा क्षेत्रका भित्ता भरि ऐना….

Leave a Reply to parashu Ram Shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *