भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, काठमाडाैंमा थपिए २ जना (सूचीसहित)
थानकोट ।
भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लामा सदस्य नियुक्त गरेका हुन् ।
केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्ला स्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
७१ जिल्लामा भूमि आयोग गठन, काठमाडाैंको अध्यक्षमा कागेश्वरीका कृष्णजी खड्का
मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे ।
सरकारले भूमि क्षेत्रका समस्याहरूलाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाइ छ ।
यसअघि नै मन्त्रालयले जिल्लाहरूमा आयोगको जिल्ला समितिमा अध्यक्ष चयन गरिसकेको छ ।

















