साझा यातायात सञ्चालक समितिको अध्यक्षमा सुशीलराज प्याकुरेल निर्वाचित

Thankot Times

थानकोट ।

साझा यातायात सञ्चालक समितिको अध्यक्षमा सुशीलराज प्याकुरेल निर्वाचित भएका छन् भने सदस्य कमल राज पाण्डे, कुललाल डंगोल र महिला सदस्यमा सृजना देवकोटा निर्वाचित भएका छन् । 

यस्तै साझा यातायातको लेखा सुपरिवेक्षण समितिमा निर्विरोध निर्वाचित हुनेमा संयोजक प्रदीपराज उपाध्याय छन् भने सदस्यमा नारायण पौडेल र विकास शाह रौनियार छन्।

साझा यातायातमा १३ वर्षपछि कनकमणि दीक्षितले अध्यक्षको जिम्मेवारी छाडेका छन्।

२०६८ जेठमा साझा यातायातको अध्यक्ष भएका दीक्षित नयाँ सञ्चालक समिति चयन भएसँगै बाहिरिएका हुन्। 

साधरणसभाअघि सञ्चालक समितिमा दीक्षित अध्यक्ष थिए भने सदस्यहरुमा सुशीलराज प्याकुरेल, भूषण तुलाधर र महिला सदस्यमा वन्दना थापा थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *