१२२ जना जनशक्ति, २ वटा दमकल प्रयोगपश्चात ११ घण्टापछि निभ्यो केउरानि वनमा लागेको आगो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकको केउरानि सामुदायिक वनमा शुक्रबार बिहान ७ बजेदेखि भएको आगलागी साँझ नियन्त्रणमा आएको छ ।

प्रहरी प्रभाग बलम्बु, नेपाली सेना, सशस्त्र प्रहरी, नगरप्रहरी, जनप्रतिनिधि तथा स्थानीयको अग्रसरतामा सो आगो ११ घण्टापछि निभेको हो ।

यद्यपी तिव्र वेगमा हावा चलेको तथा रुखका ठूटामा आगोका झिल्का बाँकी रहेकोले पुनः आगलागीको सम्भावना भने कायमै रहेको छ ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरीबाट ३१ जना, नेपाली सेनाबाट ३२ जना, सशस्त्र प्रहरीबाट २३ जना, चन्द्रागिरि नगर प्रहरीबाट १५ जना, आम नागरिक एवं जनप्रतिनिधिहरु २१ जनाको टोलीले खटिएको प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । सो क्रममा दुई वटा दमकलको समेत सहायता लिइएको प्रहरीको भनाइ छ ।

उक्त आगलागीबाट मानवीय तथा घरको क्षति नभए पनि सामुदायिक जङ्गलमा व्यापक क्षति पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *