प्रथम पानी सम्मेलन आजबाट

Thankot Times

थानकोट ।

आजबाट प्रथम राष्ट्रिय पानी सम्मेलन-२०२५ आयोजना हुँदैछ ।

जल तथा ऊर्जा आयोगका अनुसार उक्त सम्मेलन भोलि चैत्र १० गते सम्म सञ्चालन हुनेछ ।

जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालका अनुसार नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्नेमा सो सम्मेलनमार्फत जोड गरिनेछ ।

जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्नेमा सो सम्मेलनको जोड रहनेछ ।

पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्वका बारेमा सम्बन्धित विज्ञहरुसँग छलफल गर्न सम्मेलन गर्न लागिएको उनले जानकारी दिए ।

मार्च २२ का दिन संसारभर पानी दिवस मनाउने गरिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *