राति वनमा एक गाडी फोहोर फाल्दै थिए, नगर प्रहरीले रंगेहात फेला पारेपछि ५ हजार जरिवाना
थानकोट ।
दक्षिणकाली नगरपालिकाले सार्वजनिकस्थलमा फोहोर फालिरहेको फेला परेपछि पाँच हजार जरिवाना तिराएको छ ।
स्थानीय हात्तीवनमा आइतबार राति गाडीबाट फोहोर फालिरहेको अवस्थामा नगरप्रहरी बलले फेला पारेपछि सो जरिवाना तिराइएको दक्षिणकाली नगरपालिकाले जनाएको छ ।
बा ८ च ६६ नम्बरको भ्यानमा कालिमाटीबाट फोहोर फाल्न दक्षिणकाली पुगेको गाडीलाई जरिवानापछि फोहोरसहित कालिमाटी नै फर्काइएको बताइएको छ ।



















