पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा टोलीको सेट नै परिवर्तन, २५ बाट १६ झारियो सुरक्षाकर्मीको संख्या
थानकोट ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली परिवर्तन भएको छ ।
गृह मन्त्रालयले शनिबार सो परिवर्तन गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएको थियो।
त्यहाँ सशस्त्र प्रहरी बलका डिएसपी जगदिश हमालको नेतृत्वमा टोली थियो।
उक्त टोलीलाई हटाएर मन्त्रालयले अहिले डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली पठाएको छ।
भिभिआइपीलाई दिने सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाइन्छ।
शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन भएको थियो। प्रदर्शन उग्र बन्दा दुई जनाको ज्यान समेत गएपछि राजा ज्ञानेन्द्रमाथि पनि छानबिन हुनुपर्ने लगायतका विषयको पक्ष र विपक्षमा मत व्यक्त भइरहेका छन् ।


















