एमाले उपमहासचिव रिमाललाई मेयर बालेनको प्रश्न- जरिवाना किन नतिरेको?
थानकोट ।
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेलाई महानगरलाई जरिवाना किन नतिरेको भन्दै प्रश्न गरेका छन् ।
उनले राजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र काटेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले महोत्तरीको एउटा सामन्य परिवारका सयौं वर्ष अधिनायकी शासन सन्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेछन यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र भन्दै सामाजिक संजालमा लेखेसँगै महानगर प्रमुख बालेनले महानगरलाई जरिवाना किन नतिरेको भनेर प्रश्न गरेका हुन् ।
रिमालले काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको घटनालाई गणतन्त्रको शक्ति बताउँदै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए ।
रिमालको स्टाटस पूर्वराजा शाहलाई काठमाडौं महानगरपालिकाले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको घटनासँग जोडिएको देखिन्छ।
राजावादीले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्दा फोहोर, तोडफोड, र लुटपाट भएको भन्दै महानगरले निर्मल निवासलाई जरिवानासहितको पत्र पठाएको थियो।
मेयर बालेन्द्र शाहले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तिराए


















