महानगर प्रमुख बालेनले हुलाकबाट पठाए पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको ८ वटा पत्र
थानकोट ।
पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौँ महानगरले हुलाकमार्फत पठाएको छ ।
ज्ञानेन्द्र शाहको जरिवाना पत्र महनगरले आइतबार दिउँसो हुलाकमार्फत पठाएको हो ।
‘शाहको जरिवानाको पत्र बुझ्न निर्मल निवासले मानेन, हाम्रो टोलीलाई भित्र जानै दिएन’, महानगर प्रहरी बलका राजु पाण्डेले, ‘त्यहाँबाट फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ।
महानगरले गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।
मेयर बालेन्द्र शाहले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तिराए


















