बैशाख २० गते थानकोट चेकपोष्टमा रक्तदान शिविर आयोजना गर्दै चन्द्रागिरि साकोस

Thankot Times

थानकोट ।

चन्द्रागिरि साकोसले यही बैशाख २० गते शनिबार रक्तदान शिविर आयोजना गर्ने भएको छ ।

संस्था स्थापनाको छेको पारेर संस्थाले थानकोट चेकपोष्टस्थित मुख्यालय परिसरमा सो शिविर आयोजना गर्न लागेको हो ।

संस्थाको २४औं वार्षिकोत्सवका दिन (वैशाख ६ गते) चन्द्रागिरि साकोसले आफ्नो नवविस्तारित सदस्य सेवा केन्द्र गोदावरीको ठैबमा समेत रक्तदान शिविर सञ्चालन गरेको थियो ।

आगामी शनिबार सञ्चालन हुने शिविर बिहान १० बजेबाट दिउँसो २ बजेसम्म जारी रहने संस्थाले जनाएको छ ।

२०५७ साल पुस २२ गते साविक महादेवस्थान गाविस तथा त्यस आसपासका २५ जना व्यक्तिहरुको अग्रसरतामा स्थापित चन्द्रागिरि साकोसले २०५८ साल बैशाख ६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएपछि बैशाख १३ गतेबाट औपचारिक कारोबार सुरु गरेको थियो ।

सो सहकारीले वित्तिय सेवाका अतिरिक्त नियमित रुपमा सामाजिक उत्तरदायित्वका कार्यममा समेत सक्रियता जनाउँदै आएको छ ।

चन्द्रागिरि साकोसले हाल मुख्यालयका साथै ७ सेवा केन्द्रबाट सेवा दिइरहेको छ ।

चन्द्रागिरि साकोसको सेवा केन्द्र गोदावरी नगरमापनि विस्तार, पहिलो दिन ७० जनाले लिए सदस्यता


Leave a Reply

Your email address will not be published. Required fields are marked *