प्रहरी वृत्त थानकोटमा डिएसपी गिरीकाे इन्ट्री, पूर्व प्रमुखको सुवेदीको बिदाइ

Thankot Times

थानकोट ।

प्रहरी वृत्त थानकोटमा सरुवा भएकी डीएसपी एलिजा गिरीले बुधबारबाट कार्यभार सम्हालेकी छन् ।

उनलाई प्रहरी वृत्त थानकोट तथा मातहतका प्रहरी प्रभागमा कार्यरत प्रहरीहरु कर्मचारीहरूले स्वागत गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यूएन शाखा नक्सालमा सेवारत गिरीले हालै वृत्त प्रमुखकाे जिम्मेवारी पाएकी थिइन् ।

बुधबारै वृत्तका निवर्तमान प्रमुख डीएसपी सुर्यप्रकाश सुवेदीलाई बिदाइ गरिएको छ।

सुवेदी जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा भएका हुन् ।

तस्बिर: वृत्त थानकोटकाे फेसबुकबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *