लागुऔषधसहित नागढुङ्गा नाकाबाट दुई जना समातिएपछि राजु पनि प्रहरी फन्दामा

Thankot Times

थानकोट ।

प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट ब्राउन सुगर ४५ ग्रामसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ नक्सालबारी घर भएका कृष्ण रोय र सायोन दास रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३३६२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उक्त पदार्थ नुवाकोट लिखु गाउँपालिका–६ घर भएका राजु लामाले ल्याउन पठाएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले लामालाई समेत बालाजु बसपार्कबाट पक्राउ गरेको छ ।

यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *