आईएनजिओको सहजीकरणमा चन्द्रागिरि नगरले बैशाख ३० गते सार्वजनिक सुनुवाई आयोजना गर्ने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले यही बैशाख ३० गते मंगलबार सार्वजनिक सुनुवाई आयोजना गर्ने भएको छ ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७८ को उपदफा ५ बमोजिम यस नगरको चालु आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित योजना, कार्यक्रम तथा सेवा सुविधा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको बताइएको छ ।
जर्मनको अन्तरार्ष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल शाखाले सो कार्यक्रमका लागि सहजीकरण गर्ने नगरद्धारा जारी सूचनामा उल्लेख छ ।
बलम्बुस्थित चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको प्राङ्गण सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बिहान १० बजेसम्म जारी रहने बताइएको छ ।
सो कार्यक्रममा सहभागिताका लागि नगरले समस्त जनप्रतिनिधिहरु, नगरबासीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षकहरु, उपभोक्ता समितिका सदस्यहरु, टोल सुधार समितिका पदाधिकारीहरु, गैर सरकारी निकायका पदाधिकारीहरु, समाजसेवी, बुद्धिजीवि, नागरिक समाज, संचारकर्मी लगायत सम्बन्धित सरोकारवालाहरुमा अनुरोध गरेको छ ।



















