भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि धादिङका प्रोसेस पाण्डेलाई, खोटाङका रोशन राई दोश्रो

Thankot Times

थानकोट ।

गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन-६ को उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् ।

टिम खेम सेन्चुरीको प्रतिनिधित्व गर्ने पाण्डेले शुक्रबार राति सो उपाधि उचालेका हुन् ।

जितसँगै उनले २० लाख नगद पुरस्कार पाएका छन् ।

कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए ।

कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए ।

कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।

तस्वीरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *