बलम्बु प्रहरी प्रभागद्वारा विभिन्न ३४ जना व्यक्ति तथा संस्थाहरूलाई सम्मान
थानकोट ।
प्रहरी प्रभाग बलम्बुले विभिन्न ३४ जना व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ ।
सो प्रभागमा शनिबार आयोजित एक कार्यक्रमका बीच समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत कार्यालयलाई सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई प्रहरी प्रभाग बलम्बुले सम्मान गरेको हो ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले सम्मानित व्यक्तिहरूलालाई कदरपत्रसहित सम्मान गरेका हुन् ।
गत जेठ पहिलो साता बलम्बु प्रहरी प्रभाग प्रमुखका रूपमा खटिएका आचार्य यही साता इलाका प्रहरी कार्यालय बनेपामा हाजिर हुँदैछन् ।
लक्ष्मी खड्काले प्रभाग बलम्बुको कमाण्ड सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
३११ जना इन्स्पेक्टरकाे सरुवा, प्रभाग बलम्बुमा उपेन्द्र आचार्यको स्थानमा लक्ष्मी खड्का
नागरिक बिना प्रहरीको कुनै अस्तित्व नरहने र समाजमा शान्ति स्थापना गर्न तथा अपराध रोकथाम गर्ने कार्यमा निरन्तर सहयोग, समन्वय र सहकार्य गरि प्रहरी प्रभाग बलम्बुको कार्य सम्पादनमा अमूल्य भूमिका निर्वाह गरेकोमा प्रभागका तर्फबाट प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले स्थानीय सरकार, समाजसेवी, बुद्धिजिवी, विभिन्न संघ संस्था तथा सञ्चारकर्मीहरूलाई धन्यवाद दिँदै सम्मान गरेका हुन् ।
नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र सहयोग निरन्तर भइरहे समाजमा सुरक्षा र शान्तिको अनुभुति भईरहने मान्यतालाई आत्मसाथ गर्दै विगतका वर्षहरूमा प्रहरी प्रभाग बलम्बुले आम नागरिकहरूसँग हातेमालो गर्दै नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाह गर्दै आईरहेको र त्यस अवधिमा कार्यालयलाई महत्वपुर्ण सहयोग, साथ, सल्लाह र सुझाव प्रदान गर्ने व्यक्तित्वहरूई सम्मान प्रदान गर्न पाउँदा अत्यन्त खुशी लागेको तथा आफ्नो कार्यकाल सफल भएको अनुभूति गरेको कार्यालय प्रमुख उपेन्द्रप्रसाद आचार्यले बताए ।
स्थानीय सरकार, समाजसेवी तथा व्यवसायी समेतको सहयोगमा कार्यालय व्यवस्थापन सामाग्रीको जोहो भएको उल्लेख गर्दै उनले अब प्रभागमा प्रहरी कर्मचारीले सरुवा भएर आउँदा म्याट्रेस बोकेर आउन नपर्ने बताए ।
सम्मान कार्यक्रममा बोल्दै स्थानीय व्यवसायी तथा समाजेसवीहरूले समुदाय-प्रहरी साझेदारी अवधारणाले प्रहरी र नागरिकहरूमा सुमधुर सम्बन्ध स्थापना गर्न सेतुको कार्य गरेको धारणा राख्दै सभ्य समाजमा निर्माणमा यस्ता साझेदारीका कार्यले निरन्तरता पाउनुपर्ने धारणा राखेका थिए ।
सम्मान कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १, ८, १०,११ र १२ का वडाध्यक्षहरू क्रमश हरिश्याम रानामगर, प्रल्हाद रिजाल, शिवकुमार महर्जन, नरेन्द्रराज श्रेष्ठ र न्हुच्छे बहादुर महर्जनसम्मानित भए ।
ती वडा प्रहरी प्रभाग बलम्बुको जिम्मेवारी क्षेत्र समेत हो । यस्तै, थानकोट टाइम्स लगायत नगरमा क्रियाशील सञ्चारमाध्यमका प्रतिनिधि समेत शनिबार सम्मानित भएका थिए । सो क्रममा सिप्रदी ट्रेडिङ, सीजी इलेक्ट्रोनिक्स, मेटपोइन्ट अस्पतालका प्रतिनिधि लगायत सम्मानित भएका थिए । सम्मानित हुनेहरूमा समाजसेवी तथा व्यवसायीहरू देवेन्द्र प्रधान, रामनारायण घिमिरे, ईश्वर लामा, माधव प्रसाद अधिकारी, राजेश घिमिरे, पुर्ण प्रसाद श्रेष्ठ, शान्ती श्रेष्ठ, महेन्द्र भण्डारी, सुमन सापकोटा, डा.सनिम मानन्धर, सोहान चौधरी, राजकुमार पोखेल, विरेन्द्र श्रेष्ठ, राजेन्द्र महर्जन, सोहिल खड्की, दर्शन श्रेष्ठ, आशा महर्जन, मिरा घिमिरे, पुरुषोत्तम श्रेष्ठ लगायत छन् ।












