चन्द्रागिरि साकोसको आयोजनामा रक्तदान शिविर सम्पन्न
थानकोट।
थानकोट चेकपोष्टस्थित चन्द्रागिरि साकोसको आयोजना शनिबार रक्तदान शिविर सम्पन्न भएको छ ।
लायन्स क्लव अफ चन्द्रागिरिसँगको सहकार्य एवं कान्तिपुर अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा मुख्य कार्यालय हातामा सञ्चालित खुल्ला रक्तदान शिविरमा १ सय जना भन्दा बढीले रक्तदान गरेको सहकारीले जनाएको छ ।
संस्था स्थापना दिवसका अवसरमा चन्द्रागिरि साकोसले वर्षनी रक्तदान शिविर आयोजना गर्दै आएको छ ।
संस्थाको २४औं वार्षिकोत्सवका दिन (वैशाख ६ गते) चन्द्रागिरि साकोसले आफ्नो नवविस्तारित सदस्य सेवा केन्द्र गोदावरीको ठैबमा समेत रक्तदान शिविर सञ्चालन गरेको थियो ।
२०५७ साल पुस २२ गते साविक महादेवस्थान गाविस तथा त्यस आसपासका २५ जना व्यक्तिहरुको अग्रसरतामा स्थापित चन्द्रागिरि साकोसले २०५८ साल बैशाख ६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएपछि बैशाख १३ गतेबाट औपचारिक कारोबार सुरु गरेको थियो ।
सो सहकारीले वित्तिय सेवाका अतिरिक्त नियमित रुपमा सामाजिक उत्तरदायित्वका कार्यममा समेत सक्रियता जनाउँदै आएको छ ।
चन्द्रागिरि साकोसले हाल मुख्यालयका साथै ७ सेवा केन्द्रबाट सेवा दिइरहेको छ ।












