रिलायबल लाइफ थानकोट शाखाद्वारा १० लाख रुपैयाँको बीमा दाबी भुक्तानी
थानकोट ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको थानकोट शाखाले मृत्यु दाबी रकम १० लाख १४ हजार रूपैयाँ भुक्तानी गरेको छ ।
चन्द्रागिरि नगरपालिका-५ निवासी मोहन साउकोटा सुनारको परिवारलाई सो मृत्यु दाबी रकम भुक्तानी गरिएको संस्थाले जनाएको छ ।
सुनारले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स थानकोट शाखाबाट ९ महिना अगाडि रिलायबल समुन्नति जीवन बीमा योजना खरिद गरेका थिए जसबापत उनले पहिलो किस्ता बापत १ लाख रूपैयाँ बीमा शुल्क कम्पनीमा बुझाएका थिए।
तामा पितलको भाडा निर्माण गर्ने सुनारको स्वास्थ्यमा समस्या आउँदा उनको उपचारका क्रममा निधन भएको थियो।
मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रममा चन्द्रागिरि वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र महर्जन, कम्पनीका चिफ मेनेजर युवराज शर्मा, काठमाडौंका रिजनल मेनेजर याम पोखरेल, थानकोट शाखा प्रमुख अर्जुन खनाल, चन्द्रागिरि नगरपालिका न्यायिक समिति मेलमिलाप कर्ता तथा एमडीआरटी सुमित्रा महर्जनलागायत एजेन्सी मेनेजर सर्मिला बेल्बासे लगायतको उपस्थिति रहेको थियो ।












