मोटरसाइकलमा झोला बोकेर हुँइकिएका थिए, स्रोत नखुलेको ९५ लाख रुपैयाँ प्रहरीले फेला पारेपछि..
थानकोट ।
९५ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित काठमाडाैंबाट चार जना युवा समातिएका छन् ।
काठमाडौं महानगरपालिका-९ पिंगलास्थान सडकबाट दुई वटा मोटरसाइकलमा सवार चार जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष गुरूङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।
उनीहरूको गतिविधि शंकास्पद भएपछि प्रहरीले झोला हेरेको थियो।
त्यसभित्र ९५ लाख १७ हजार ५ सय रूपैयाँ फेला परेको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।













