नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी रमेश थापा

Thankot Times

थानकोट।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी थापालाई केन्द्रीय प्रहरी प्रवक्तको जिम्मेवारी दिइएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि थापालाई जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघिका प्रवक्ता डीआईजी दिनेश आचार्यको गण्डकी प्रदेशमा सरुवा भएपछि उनको ठाउँमा थापालाई जिम्मेवारी दिइएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *